एमाले कार्यकर्ताद्धार माओवादीका उम्मेदवार माथि खुकुरी प्रहार

काठमाडौँ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकामा नेकपा एमालेको कार्यकर्ताले माओवादी पाटीका तीन कार्यकर्तालाई खुकुरी प्रहार गरेका छन् ।

गाउँपालिका ७ का एमालेका वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले माओवादी कार्यकर्तालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोप लगाइएको छ ।

नेकपा माओवादीको स्थानीग चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उद्देश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार रातको समयमा घटना घटेकाले थप विवरण आउन बाँकी रहेको बताएको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार नै प्रेस विज्ञप्तिमा जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गरेका छन् । उनले दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग समेत गरेका छन् । आगामी दिनमा यस्ता नकारात्मक गतिविधि नगर्न र घटना दोहोरिन नदिन एमालेलाई सचेत गराएका छन् ।