फिलिपिन्सको राजधानीमा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्सको राजधानीमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासहित आठ जना रहेकका छन् । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको जलेर मृत्यु भएको छ ।

फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जानकारी गराए अनुसार बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए।

युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जानकारी छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन् । उक्त स्थानमा दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्युरोले आगलागीको कारण बारे कुर्नपनि आधिकारिक सूचना जारी गरेको छैन ।