कारले मोटरसाइकललाई ठकर दिँदा बाबुछोरीको मृत्यु

काठमाडौँ । पोखराको अन्नपूर्णमा आज बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकमा सवार ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुन रहेका छन् । कारले मोटरसाइकललाई ठक्कर दिँद सविनाको घटनास्थलमै मृत्यु भएको थियो, भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका जानकारी गराएका छन् । पडीत परिवारले कारका फरार रहेका चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ ।