सेवाग्राहीलाई अनावश्यक काममा अवरोध गर्ने १० जना पक्राउ

काठमाडौं । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई काममा अवरोध गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीलाई अनावश्यक झन्झट दिएर कार्यालयको काम प्रभावित गरेको हुँदा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ को तिखिदेवल घर भएका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा घर भएर ३४ वर्षीय विवेक थापा, धनुषा घर भएर ३५ वर्षीय दुनियाबहादुर राउत, काभ्रे घर भएर २२ वर्षीया विशाल तामाङ, रामेछाप घर भएर ललितपुर २६ वर्षीय शिव दर्जी, ललितपुरको एकान्तकुनाका २६ वर्षीय राजेश सुनुवार, बारा घर भएका २४ वर्षीय रोशन घिमिरे, ललितपुर पाटनढोका घर भएका ३३ वर्षीया महेश सुवेदी , ललितपुर १४ बाँडेगाउँ घर भएका ३९ वर्षीय सुनिल बज्राचार्य र काभ्रे घर भएर ललितपुर २१ बस्ने ३३ वर्षीय कमल लामासहित १० जना पक्राउ परेका हुन् । रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सेवाग्राहीलाई काम गरिदिन्छु भन्दै रकम माग्ने र काममा अवरोध गर्ने १० जनालाई पक्राउ गरेको बताएका छन् । पक्राउ परेका सबै जनालाई जिल्ला अदालत, ललितपुरबाट बुधबार सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।