रेग्मी म्यादी प्रहरी नै नभएको खुलासा, पोसाक दिने पनि नियन्त्रणमा

काठमाडौँ । वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षको लागी तय भएका म्यदी प्रहरी नै नक्कली परेका छन् । कपिलवस्तुमा प्रहरीले नियन्त्रणमा लिएको म्यादी प्रहरी भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ। प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। उनीहरु दुबै जनाले सल्लाह गरेरै भिडियो बनाएको प्रहरीले बताएको छ । म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएको बताएका छन् ।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको छ । सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जानकारी गराएको छ ।