एसपी फिर्ता लैजान गृह मन्त्रालयलाई पत्राचार

काठमाडौँ । वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न पाटिका ठुला दलहरुबिच आचरसंहिता उलघन कार्य हुदै आएको छ । स्थानीय चुनावम मत माग्ने क्रममा गाउँ घर देखि राजधानी शहरका विभिन्न स्थानमा उमेदवारहरु बिच गालीगलौज र दुर्व्यवहार भएको छ ।

निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको आयोगले बताएको छ ।

‘बुधबार अपराह्न आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्किए पछि एसपीले गालीगलौज गर्दै अभद्र व्यवहार गरेको थियो । आयुक्तमाथि अशोभनीय व्यवहार भयो । यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ निर्वाचन आयोग स्रोतले जानकारी दिइएको छ ।