१ हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजारले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार भएको छ । पहेंलो धातु अघिल्लो दिन तोलामा ९६ हजार ३ सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८ सय रुपियाँमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोलामा ९५ हजार ८ सय रुपियाँम कारोबार भएको थियो ।

सुनचाँदी बजारमा आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यको तुलनामा प्रतितोलामा १५ ले बढेर १ हजार २ सय ७०मा तोकिएको महासङ्घले जानकारी दिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८४६ डलरको आसपास कारोबार भइरहेको छ ।