देशैभर इन्धन अभाव, पम्पहरूमा सवारी साधनको लाइन

काठमाडौँ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौँ उपत्यकाका कयौँ पम्पहरूले डिजेल पेट्रोल नभएको सूचना टाँसेका छन् भने खुलेका पम्पहरूमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबै खाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सोमबार बिहानैदेखि देशैभरका पम्पहरूमा इन्धनको अभाव देखिएको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताएका छन् । । सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरूमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरूको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जानकारी दिएको छ ।

निगमका डिपोहरूले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको हुँदा गत शुक्रवार निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आइतबार पम्पहरूलाई इन्धन नदिइएको प्रधानले बताए । डिपोहरूले यही रणनीति अपनाउँदा देशैभर समस्या देखिएको रिपोर्ट एसोसिएसनमा प्राप्त भएको उनले बताए । नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको छ ।

करिब २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरूले जानकारी गराउको छ । आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले बताएका छन् ।