२० लाख बराबरको सामान बरामद

काठमाडौँ । वीरगञ्ज नाकामा भन्सार छलि ल्याएको करिब २० लाख मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको सवारीसाधनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको सामग्री तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएकोे प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिका ७ रामटोल नजिकै रेल्वेरोडबाट बा २० च ७८६४ नं को पिकअप गाडीलाई कपडाजन्य सामाग्रीसहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।