नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज टे«डर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार भरतपुर महानगरपालिका ३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका १० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो ।

विभागले मूल्य अभिवृद्धिकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको ५ करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ । विभागले बिगो र जरिवानासहित १५ करोड ९७ लाख ५ हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।