स्थानीय चुनावमा सत्ता गठबन्धनले पैसाको खोला बगाएको एमालेका उपमहासचिव गुरुङको आरोप

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पैसाको खोलो बगाएको नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले आरोप लगाएका छन् । पोखरा महानगरपालिकामा उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा उपमहासचिव गुरुङले पोखराका कुना कुनामा रहेका बस्तीमा पैसाको खोलो बगाएर परिणाम उल्ट्याउने काम गरिएको आरोप लगाएका छन् ।

सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीले निर्वाचनमा असहज भएको उनको भनाइ रहेको छ। उनले भने हामीले पोखरामा आफ्नो विरासत जोगाउन सकेनौं। दुस्ख लागेको छ। मेयरका उम्मेदवारलाई सहानुभूति भाको छ, मेयरले नजिते पनि उपमेयरमा पोखरेली जनताले जिताएकाले यो सफलता हो। उनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई शासकजस्तो नभइ सेवक भएर काम गर्न अपिल समेत गरेका छन् । शासकजस्तो भएर प्रस्तुत भएका ठाउँमा हारेका छौं। सेवक भएर गरेका ठाउँमा जित्यौं। यो कुरालाई मनन् गरौं, उनले भने।

धाँधली र सत्ताको चरम दुरुपयोगको बीच चार वटा महानगरमा उपमेयर जितेको उल्लेख गर्दै गुरुङले भरतपुर र वीरगंजमा असफल भएको समेत बताएका छन् । निर्वाचनको मौन अवधिमा भएका चरम गतिविधिमा आफूहरुको ध्यान पुग्न नसक्दा पनि पराजित हुनुपरेको उनको भनाइ रहेको छ । धरान र बुटबल हामीले गुमाएका छौं। एमालेको लालकिल्ला गुमाएका छौं यसमा समीक्षा गर्नुपर्छ ।

मेयर गुमाए पनि पोखराको नगरसभा र कार्यसमितिमा एमालेको बहुमत रहेको भन्दै यसको नेतृत्व उपमेयर मन्जुदेवी गुरुङले गर्ने उनको भनाइ छ। हामीले यहाँ एकीकृत समाजवादीलाई निष्तेज पारेका थियौं । प्रदेशमै उठ्न दिएका थियनौं। तर पोखरामै मेयर हार्‍यौं उपमहासचिव गुरुङले गुनासो गरेका छन् ।