एनआईसी एशिया बैकका ग्राहकका लागि स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया वैकले आफ्ना ग्राहकहरुका लागि थप सेवा उपलब्ध गराउने उदेश्य अनुरुप स्वास्थ्य सेवामा समेत छुटको व्यवस्था ल्याएको छ ।

समय अनुरुप ग्राहकमैत्री आकर्षक योजना ल्याईरहेको एनआइसी एशिया बैकले महाराजगञ्जमा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिक र काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेण्टरमा स्वास्थ्य सेवा लिँदा २५ प्रतिशत छुट पाउने व्यवस्था गरेको हो ।

दुवै स्वास्थ्य संस्था र बैक बीच भएको सम्झौता अनुरुप बैकका ग्राहकहरुले सो छुट पाउने व्यवस्था गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहक महानुभावहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट Hematology, Microbiology, Histopathology, Immuno Assay (ElA), Cytopathology, FNAC, Immunofluorescence, Auto Immune Panel, Flow Cytometry / Kidney stone Analysis (FT-IR Technology)परिक्षणहरु गर्न सक्नुहुने व्यवस्था रहेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई सेवा दिन सफल एनआईसी एशिया बैकले मुलुकभर रहेका ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।