मिक्लुङ सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारीहरुलाई भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लामा रहेको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष कुमार लावती सहित ५ जनालाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी एवं लेखा परिक्षकको समेत मिलेमतोमा फर्जी बिल भनाई संस्थाको रकम हिनामिना गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार

वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुसी मुल्य अवमुल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्‍कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरी संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि भएकाले पाँचै जनालाई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।