राष्ट्रपति भण्डारीद्धारा कालु पाँडेप्रति श्रद्धासुमन प्रकट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि नगरपालिका १, दहचोकमा बिहीबार काजी कालु पाँडेप्रति श्रद्धासुमन प्रकट गरेकी छन् । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गरेकी छन् । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको थियो । उनले दहचोक भ्यूटावरको पनि अवलोकन पनि गरेकी छन् ।