प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुखबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र सभामुख बिच भएको भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री र सभामुखबीच नियमित भेटघाटको रुपमा छलफल भएको जानकारी दिएका छन् । उनले भने यो नियमित भेटघाट हो । सदन चलिरहेको बेला यस्तो भेट भइरहन्छ, ‘समसामयिक विषयमा छलफल भएको प्रेस सल्लाहकार परियारले जानकारी दिए ।