विवाह गर्ने उमेर घट्ने, २० वर्षे प्रावधानले अपराध बढायो : कानुनमन्त्री

काठमाडौँ । सरकारले विवाह गर्ने उमेर परिवर्तनका लागि अध्ययन सुरु गरिसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विवाह गर्ने २० वर्षे प्रावधानले अपराध बढाएको र त्यसमा आफू पनि असहमत रहेको बताए।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले विवाह सम्बन्धमा गरेको प्रश्नको जवाफ दिँदै उनले भने, १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ तर विहे गर्न २० वर्ष कुर्नुपर्छ । विवाहका लागि २० वर्ष उमेर कुर्नुपर्ने कुनै पनि तरिकाले स्ट्यान्डर्ड नदेखिएको बरु बालविवाहमा सजाइ भोग्नुपरेको उनले बताए।

ब्यक्तिगत रुपमा के अनुरोध गर्न चाहन्छु भने विवाह गर्न २० वर्ष उमेर कुर्नुपर्ने अवस्था कुनै पनि तरिकाले स्ट्यान्डर्ड देखाउँदैन, उनले भने बरु अपराध बढाउने काम भइरहेको छ। बाल विवाहमा सजाय भइरहेको छ। यसमा रिभ्यु गर्नुपर्छ। कानुन मन्त्रालालये रिभ्युको प्रसोस थालिसकेको छ ।