दुई ग्राम खैरो हेरोईन सहित एक पक्राउ

काठमाडौँ । बाँकेमा अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् ।

नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध सहित उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिइएको छ ।