अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो ? भनेर नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् ।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले त्यसबेलाका प्रधानमन्त्री र रक्षामन्त्रीबारे प्रश्न गरेका हुन् ।

२७ अक्टोबर २०१५ मा प्रधानमन्त्री र रक्षामन्त्री को थिए ? ज्ञवालीले प्रश्न गरेका छन् । उनले बेल्ट एण्ड रोड बीआरआईलाई सरकारले कसरी अगाडि बढाउँछ ? भन्दै प्रधानसेनापति शर्मालाई प्रश्न समेत गरेका छन् ।