पानी तान्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर राप्ती गाउँपालिका ५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिइएको छ ।

घरबाट तानिएको तारमा करेन्ट प्रशारण हुदा चौधरीलाइ करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उपचारको लागि लमही अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।