रोल्पाम बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

काठमाडौँ । रोल्पामा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनप्रतिनिधि पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी रहेका छन् । उनलाई बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएइको छ ।