काठमाडौ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तात्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोडभन्दा बढी बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शुक्रबार भण्डारीविरुद्ध विशेष अदालतमा उक्त मुद्दा दायर भएको हो।
सार्वजनिक पद दुरुपयोग गरेको भन्ने उजुरीमाथि अख्तियारले गरेको अनुसन्धानमा भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपियाँ भ्रष्टाचार गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको प्रवक्ता भण्डारीले जानकारी दिइएका छन् ।
आरोपित भण्डारीले २०७३ साल असोज २१ देखि ७७ साउन १ सम्म वरिष्ठ व्यवस्थापन सहायक पदमा रही करिब ४ वर्ष काम गरेका थिए । त्यसैगरी ७८ पुस मसान्तसम्म २६ लाख ६१ हजार ६ सय ३६ रुपियाँ आय आर्जन गरेको देखिन्छ । तर, भण्डारीको खर्च तथा लगानी अस्वभाविक भएको आयोगको ठहर छ ।
Add Comment