काठमाडौं महानगरमा नयाँ ३ वटा दमकल आउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा पहिलो पटक आफैले खरिद गरेको ३ वटा अत्याधुनिक दमकल आउँदैछ । यसै हप्ता भित्र महानगरमा ३ वटा दमकल आइपुग्ने काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिकालाई विभिन्न देशले अनुदानमा दिएका दमकल बाहेक आफैले किनेका दमकल थिएनन् । राणाकालीन प्रधानमन्त्री जुद्ध शमशेर जवराको पालामा स्थापना गरिएको काठमाडौंको न्यूरोडमा रहेको जुद्ध बारुण यन्त्रमा अधिकांश दमकल पुराना र काम नलाग्ने अवस्थामा छन् । केही दमकलले सेवा दिईरहेका छन् ।

काठमाडौं उपत्यकामा आगलागीका घटनाहरु बढ्दै जानु र महानगरसँग दमकल अभाव भएका कारण आगलागी नियन्त्रणमा कठिनाई भएपछि पूर्व मेयर विद्यासुन्दर शाक्यले अरुले अनुदानमा दिएका दमकल मात्र स्वीकार गर्नु भन्दा महानगरले आफ्नै बजेटबाट दमकल खरिद गर्न पहल गरेका थिए । सोही अनुरुप दमकल खरिदका लागि भएको टेण्डर आव्हानमा अन्र्तराष्टिय कम्पनी एत्।श्ष्भन ष्लमयलमकष्अ ले दकमल ल्याउनका लागि टेण्डर लिन सफल भएको थियो ।

सो अनुरुप २०७८ श्रावण ३ गते दमकल खरिदका लागि सम्झौता भएको थियो । सम्झौता बमोजिम यसै साता ३ वटा नयाँ दमकल काठमाडौंमा भित्रिने भएको छ । ३ वटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९ सय ३३ डलरमा सम्झौता भएको थियो ।