सुनको मूल्य १ हजारले घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोलामा १ हजारले घटेर ९३ हजारमा तोकिएको छ । उक्त सुन हिजो प्रतितोलामा ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको छ । उक्त सुनको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बुधबार भएको कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर १ हजार १ सय ५५ मा कारोबार भएको छ ।