आज प्रतिनिधिसभामा नागरिकता विधेयक निर्णायार्थ पेश हुने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा नेपाली नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पारित गरियोस् भनी निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।

आजकै बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची छ ।