सुनको मूल्य बढ्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ७ सयले बढेर ९७ हजार ३ सयमा तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सयमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार ८ सयमा कारोबार भएको  छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार १ समा कारोबार भएको  थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय २५ कायम रहेको महासङ्घले जानकारी दिइएको छ ।