राहदानीबाट वर्षमा ८ करोड ६५ लाख राजस्व सङ्कलन

काठमाडौं । झापामा राहदानीबाट १ वर्षमा ८ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट ८ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताएका छन् ।

सो अवधिमा ११ हजार ७ सय ४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा ६ हजार १ सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व ३ करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा ३ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् । कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो ।