किन असफल भयो सरकार र डा.केसीको वार्ता

काठमाडौ, साउन ९ । २६ औं दिनदेखि अनसनरत डा केसी पक्षधर र सरकारवीचको वार्ता असफल भएको छ । दुवै पक्षवीच आआफ्नो अडानका कारण वार्ता असफल भएको हो । केसी पक्षधर सरकारल गैर जिम्मेवारी पूर्वक वार्तामा आएकाले वार्ता हुन नसकेको बताएको छ । वार्तामाका निम्ति सरकारी टोली संवेदनशील नभएको र वार्ताका नाममा समय अल्झाउन किसिमले छलफलमा आएको केसी पक्षधरको आरोप रहेको छ ।
सरकारी वार्ता टोलीले सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता नल्याएकाले वार्ता सफल भएको केसी पक्षधरले बताएको छ । सरकार र डा.केसी टोलीबीचको वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको थियो ।