निडर पत्रकार बुढाथोकी प्रेस काउन्सिलको सदस्य

काठमाडौं, ९ साउन । करीव चार दशकदेखि राजधानीबाट प्रकाशित साँघु साप्ताहिकका प्रकाशक एवं सम्पादक गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट बुढाथोकीलाई चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्ति गरेको हो ।
पत्रकार महासंघका पूर्वउपाध्यक्ष र सल्लाहकार समेत रहेका बुढाथोकी निडर पत्रकारका रुपमा सक्रिय रहेका छन् । जस्तोसकुै परिस्थितिमा पनि आफ्नो पेशालाई निरन्तर सम्हालिरहेका पत्रकार बुढाथोकी काउन्सिल सदस्य भएपछि काउन्सिल अझ सशक्त हुने बताइएको छ ।