मन्त्रीज्यु राजीनामा कहिले आउँला ?

काठमाडौं, १८ पुस । वाइडवडी खरिदन प्रक्रियाका बारेमा निकै नै ढाकछोप गदैै आईरहेका पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत दुई सचिवलाई वाइडवडी छानविन गर्न बनेको उपसमितिले ४ अर्व २५ करोड भ्रष्टाचार गरेको ठहर सहित कार्वाहीकोल सिफारिस गरेको छ ।
तात्कालिन एमालेका इमान्दार नेताका रुपमा गनिएका रविन्द्र अधिकारीले आफू भ्रष्टाचार मुक्त रहने बताउँदै आएका मात्र होइन गत कार्तिक २५ गते वाइडबडी खरिदमा आफ्नो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिने अभिव्यक्ति पनि दिएका दिए । तर समितिले भ्रष्टाचार गरेको ठहर नै गरिसकेको अवस्था आइसक्दा पनि रविन्द्र अधिकारीले राजनीतिबाट होइन मन्त्री पदबाट नैतिकताका आधारमा राजीनामा दिनु पर्ने थियो तर त्यसो हुन सकेको छैन ।
भाषण एकातिर र व्यहार अर्कोतिरगर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीको भनाईलार्य व्यङ्ग गर्दै सामाजिक सञ्जाल यतिखेर रङ्गिएका छन् । पत्रकार तथा साहित्कार आफ्नो फेसवुकका मनको तितो पोख्दै लेख्छन्, ‘‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’ भनेर गत कार्तिक २५ मा बोलेका रहेछन् रवीन्द्र अधिकारीले दुई किस्ता रकम प्रवाह गरेको भन्दै संसदीय उपसमितिले भ्रष्टाचार ठहर गर्‍यो। आजै सन्यास लिने त होला मन्त्रीज्यू’
आम नागरिकहरुले आशा गरेका रविन्द्र अधिकारी जस्ता व्यक्ति नै भ्रष्टाचारमा लिप्त छन् भने अरुको के भर गर्न सकिन्छ । त्यसो भए राजीनामा कहिले आउँछ त मन्त्रीज्यू ?