राजनीतिक दिग्गजबीच प्रतिस्पर्धा

काठमाडौँ । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक दिग्गजबीच प्रतिस्पर्धा भइरहेको छ।

स्थानीय जनताले उच्चस्तरमा ठानेका नेकपा (एमाले)को चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

चार दशकदेखि राजनीतिमा सक्रिय राप्रपा नेपालका अध्यक्ष थापा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र एमालेको नेतृत्वमा बनेका सरकारमा विभिन्न सरकारमा मन्त्री तथा उपप्रधानमन्त्रीसमेत रहिसक्नुभएको छ। विगत चार दशकदेखि हरेक चुनावमा उम्मेदवार बन्नुभएका उहाँले दुई पटक जित्नुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार उपाध्यायले २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि तीन पटक चुनावमा प्रतिस्पर्धा गर्नुभएको छ तर तत्कालीन संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रतिनिधिका रूपमा जितबाहेक अरू प्रतिस्पर्धा कहिल्यै जित्न सक्नुभएको छैन। उहाँ मकवानपुर क्षेत्र नम्बर १ मा एक्लो महिला उम्मेदवार हुनुहुन्छस जसको लाभ उहाँलाई पर्ने देखिन्छ।

राप्रपाका सिंहले दुई पटक स्थानीय चुनाव र संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरे पनि एक पटक पनि जित्न सक्नुभएको छैन। चाखलाग्दो कुरा के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका टकाराज थापाका बारेमा जनतालाई कम थाहा भए पनि केही युवाले पार्टीको चुनाव चिह्नमा मत दिने बताए।

मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं। १ मा बागमती र बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका चार वडा र बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा छन्। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा यस क्षेत्रका ४० वडामध्ये एमालेले १५, कांग्रेसले १४, माओवादीले १० र नेकपा ९एकीकृत समाजवादी०ले एउटा वडामा जित हासिल गरेको थियो।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय ९डिना०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपकबहादुर सिंहबीच मुख्य प्रतिस्पर्धा हुँदै
यसको अर्थ सत्तारूढ गठबन्धनले २५ वडामा र एमालेले १५ वडामा जिते तर एमालेले पालिका प्रमुख पदमा कुनै जित हात पार्न सकेन। तसर्थ गठबन्धन आफ्नो भावनामा अडिग रह्यो भने उपाध्यायको जितको सम्भावना छ तर राप्रपाबाट दीपकबहादुर सिंहको उम्मेदवारी र गठबन्धनका स्थानीय कार्यकर्तामा देखिएको असन्तुष्टिले शङ्का उत्पन्न गरेको स्थानीयले बताएका छन्।

“माओवादी मतदाताले कांग्रेसका उम्मेदवारलाई भोट हाल्न गाह्रो भएको मैले पाएको छु । जनता मतका लागि निश्चित छन्, कांग्रेसलाई भोट हाल्नेहरू माओवादी उम्मेदवार र माओवादीहरू कांग्रेसलाई भोट दिन चाहँदैनन्,” बागमती–८, पदमपोखरीका आइतसिंह जिम्बाले बताउनुभयो। त्यस्तै समस्या कमल थापालाई एमालेले चुनाव चिह्न दिएर उम्मेदवार बनाएकोमा छ।

यसैबीच उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्र बागमती, मकवानपुरगढी गाउँपालिकालगायतका दुर्गम क्षेत्रमा मतदातासमक्ष पुग्न थालेका छन्। उनीहरूमध्ये धेरैले फोनमार्फत पनि मतदातासँग सम्पर्क राखेका छन्। हेटौँडा–२ को मानस रोडका बासिन्दा युवा मतदाता पुरानाभन्दा युवा नेता र उम्मेदवारलाई कम भ्रष्ट, स्वतन्त्र र निडर ठान्छन्।

पञ्चायतकालदेखि नै हरेक निर्वाचनमा मतदान गर्नुभएका ८३ वर्षीय पदमनिधि दाहालले निर्वाचनमा मतदान गरेर देशको नागरिकका रूपमा आफ्नो कर्तव्य पूरा गरेको बताउनुभयो। तर, उहाँले निराशा व्यक्त गर्नुभयो। कसैले पनि कहिल्यै सन्तोषजनक काम नगरेकाले आफूले पार्टी र उम्मेदवार परिवर्तन गरेको पनि हाँस्दै बताउनुभयो।

सुकुम्बासी समस्या

भूमिहीन परिवारको व्यवस्थापन यहाँको एउटा प्रमुख समस्या रहेको देखिन्छ। “बागमतीका ८० प्रतिशतभन्दा बढी जनता भूमिहीन छन् र उनीहरू जग्गाको लालपुर्जा पर्खिरहेका छन्,” बागमती पाथीभराका अनुप राईले भन्नुभयो। अन्य विकासका समस्या गाउँ र सहर दुवैमा बेरोजगारी, सडकको स्तरोन्नति र ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधा हुन्।

हेटौँडा–९ का विश्वराज नेपालले पनि औद्योगिक नगरीमा बेरोजगारी लाजमर्दो कुरा भएकाले यसलाई सम्बोधन गर्नेतर्फ नेताहरूले सोच्नुपर्ने बताउनु्भयो।

त्यस्तै चुरे पहाडबाट बग्ने खोलामा बाँध तथा बाढी नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिका–१४, कालापानीका बासिन्दाले बताएका छन्। मनसुनमा मात्रै बग्ने मौसमी खोलाले यहाँको जनजीवनमा ठूलो खतरा पैदा गरेको छ। स्थानीय केशर रुम्बाले यो तत्काल आवश्यक भएको बताउनुभयो।

विगतमा निर्वाचित नेताले जनतासँग छलफल गर्ने नगरेको र समस्यालाई सम्बोधन गर्ने प्रयास पनि निकै कम गरेको जनताको गुनासो छ। “मैले नेताहरूलाई थुप्रै पटक फोन गरेँ तर उहाँहरूले कहिल्यै फोन उठाउनु भएन। त्यसैले हामी हाम्रा माग सुन्ने र समस्या समाधान गर्ने नेता चाहन्छौँ,” हेटौँडा–४, बाल उद्यानका सुजन रिजालले भन्नुभयो। रिजालले कुनै राजनीतिक दलका आधारमा मतदान नगरी राम्रो र स्वच्छ पृष्ठभूमि भएका र समाजसेवा र विकासमा लागेका नेता चयन गर्ने बताउनुभयो।

त्यसैगरी हेटौँडाको बुद्धचोक नजिकैको मुख्य सडकमा चिया पसल सञ्चालन गर्ने भगवती अधिकारीले बढ्दो भ्रष्टाचार, मुद्रास्फीति र तरलता अभावप्रति आफ्नो कडा आपत्ति रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले स्थानीय समस्या मात्रै होइन, राष्ट्रिय एजेन्डा र उम्मेदवारलाई पनि प्राथमिकतामा राख्नुपर्छ।” गोखापत्रपोष्टबाट