सुकुमबासीको समस्या समाधान हुनेगरी काम गर्छु : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुमबासीका समस्या समाधानका लागि काम गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान गर्ने बताए ।

आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’

उने भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छु । समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनको भनाइ छ ।

मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो हुने भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसलाई सरल र छिटोछरितो बनाउन आफूले पहल गर्ने बताए ।