उम्मेदवारको पक्ष-विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने

काठमाडौँ । नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई विभिन्न दलका उम्मेदवारहरुको पक्ष(विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका हुन् । उनले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष(विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए ।

उनले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताए । स्थानीय तहमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष(विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताएका छन् ।

गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको छ । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन समेत दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको आयुक्त भण्डारीको भनाइ छ ।

ताजा अपडेट