तनहुँबाट कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी

काठमाडौँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल ५ हजार ३ सय ८८ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार ३ सय १८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले २ हजार ४ सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस क्षेत्र नं १ मा १ लाख २३ हजार ४ सय ९० मतदातामा ६६ हजार ५ सय ८४ मत खसेको थियो । ६२ हजार ५ सय ८४ मत सदर भएको छ भने ४ हजार मत बदर भएको छ ।