चितवन क्षेत्र नं २ मा रवि लामिछानेको जित

काठमाडौँ । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ३४ हजार १ सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने ४९ हजार २ सय ६१ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका थिए ।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार ३ सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताएका छन् ।