भ्रष्टाचारको जालो विरुद्ध संसदमा राप्रपाका राजेन्द्र लिङ्देनको थप शपथ

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट निर्वाचित सांसदहरुले शपथ गहण गरिसकेका छन् । सांसदहरु मध्ये धेरैले राष्ट्रिय भाषा नेपालीमा शपथ ग्रहण गरेपनि केही सांसदले भने आ आफ्नै मातृभाषा भन्दै फरका भाषामा शपथ ग्रण गरेका छन् ।

भाषा फरक गरेर शपथ ग्रहण गरेपनि सांसदहरुले देश बनाउने र जनतालाइ गदारी गरे जुनसुकै सजायँ भोग्न तयार छु भन्ने शपथ कसैले पनि गर्न सकेन । तर राप्रपाका अध्यष राजेन्द्र लिङ्देनले भने संसद सचिवालयले उपलब्ध गराएको भन्दा फरक र आम नगारिकहरुले सोचे जस्तै फरक ढंगले शपथ ग्रहण गरेका छन् ।

उनले नेपालको संविधान २०७२ मै उल्लेख गरिएका कुरालाई सम्वोधन गर्न भने पनि कुन प्रक्रियाबाट गर्ने भन्ने पत्तो नै पाउन सकेनन् । त्यसैले होला उनले शपथ ग्रहणमा अरुको भन्दा पृथक सपथ ग्रहण गरेका छन् ।

लिङ्गदेनले अरु सपथ ग्रहणसँगै उनले देश र जनता प्रति बफादार हुन्दै थप शपथ ग्रहण गरेका छन् । तर उनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबार सम्झेर काम गर्ने बताएका छन् ।