चौकी आक्रमण गर्ने नीति नभएको प्रकाण्डको भनाई


काठमाडौं, जेठ । सोलुखुम्वु घटनाले नेकपा चन्दलाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिने भएपछि सो घटनामा आफूहरु संलग्न नभएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डले जनाएका छ ।
नेकपा चन्दले फेरि विगतमा जस्तै सुरक्षा निकायमाथि आक्रमण शुरु गरेको र सोलुखुम्वुको त्यसै उदाहरण भएको समाचारहरु सार्वजनिक भएपछि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रकाण्डले प्रेस विज्ञप्ति मार्फत प्रष्ट पारेका छन्। सोलुखुम्बु घटनापछि सोमबार विज्ञप्ति जारी गर्दै प्रकाण्डले पार्टीमाथि सरकारले षड्यन्त्र गरेको दावी गरेका हुन्।

ुसोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति ध्यानाकर्षण भएको छु विज्ञप्तिमा भनिएको छ,ुसुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।ु

पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यसप्रकारको समाचार बाहिर आएको समेत प्रकाण्डले विज्ञप्ति मार्फत् प्रष्ट पारे।