अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौँ । दाङको लमही नगरपालिका-५ सुनखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमही नगरपालिका-५ बस्ने २३ वर्षीय अभिषेक वली र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय राजिव परीयार रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएका छन् ।

यसैगरी दाङ, लमही नगरपालिका-५ सुनखोली बस्ने २४ वर्षीय सुदन नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको बताएका छन् ।