यातायात कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठको पहल

काठमाडौँ । सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गरेको बताए। उनले त्यस अवसरमा सेवाग्राहीसँग पनि अन्तरक्रिया गरेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने बताएका छन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही एवम् सर्वसाधारणसँग अन्तरक्रिया गरेका छन् भने गुनासो सुन्दै सेवा सुधारमा आफू लागिपरेको बताए । उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

मन्त्री श्रेष्ठले सेवा दिने समय बढाउन, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिएका छन् । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिएको बताएका छन् ।

यस्तै उनले सवारी चालक अनुमति कार्यालय ठूलो भ¥याङ र यातायात व्यवस्था कार्यालय मोसा गुर्जुधाराको अनुगमन तथा निरीक्षण गर्ने जानकारी दिएका छन् ।