जनताको अपेक्षा समाधान गर्नेछौँ : गृहमन्त्री लामिछाने 

काठमाडाैँ । उपाप्रधान एंव गृहमन्त्री रवि लामिछानेले “सरकारको साझा न्यूनतम कार्यक्रम मार्फत जनताको अपेक्षा समाधान गर्ने बताए ।  उनले भने, त्यही नै सही उपाय हो ।” जनजीविकाको सवालमा साझा न्यूनतम कार्यक्रमले सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे  ।  जनमतअनुसारको सरकार निर्माण भएको बताउँदै गृहमन्त्री लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने समेत बताए ।

प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गदै सभापति लामिछानेले सो कुरा बताएको हो । जनताले जानेर वा नजानेर असाध्य राम्रोसँग मतदान गरेको उनले चर्चा गरे। नयाँलाई अवसर र पुराना दललाई सचेत गराउने गरी मत आएको उनको भनाइ छ ।

संसद् प्रतिपक्षी दलको रहेकाले रचनात्मक सुझाव र अभियान चलाउन सके राम्रो हुन्छ भन्दै गृहमन्त्री लामिछानेले प्रतिपक्षी भड्काउने होइन, बनाउनेतर्फ पहल लिनुपर्ने उनले बताए ।  यसअघिका तमाम बेतिथिको जबाफदेहिता जनताले खोजेको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, “कुनै पनि कालखण्डका भ्रष्टाचारका विषय निर्ममतापूर्वक छानबिन गर्न हामी अग्रसर हुनेछौँ, सरकार निर्मम भएर खडा हुनेछ ।”

जनप्रतिनिधिहरू जिम्मेवार हुन सकेमा जनताको अपेक्षा पूरा गर्न सहज हुने उनले बताउदै आफ्नै समस्या, पिर मर्का र तानातानमा अल्झियौँ भने जनताको अपेक्षा पूरा हुँदैन चर्चा गर्नुहुँदै गृहमन्त्री लामिछानेले गल्ती गर्नेलाई पुरापुर छानबिन गर्ने अवसर प्रदान गर्न र राजनीतिक रूपले छुटाउन लबिङ नगर्न आग्रह गरे । ।