प्रधानमन्त्रीलाई राष्ट्र बैकको ‘कुरीकुरी’, सार्वजनिक विदामाथि चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले शुरु गरेको जनयुद्धलाई स्मरण गर्दै आज फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गराउन सफल भए । यो विदाले माओवादीमा लागेकाहरुलाई निकै हर्षित तुल्यायो । सोमबार मुलुकभरका सरकारी कार्यालयहरु वन्द हुने भए । तर प्रधानमन्त्री दाहाललाई नेपाल राष्ट्र बैकका गर्भनरको निर्देशन पछि भने केटाकेटीमा ‘कुरीकुरी’ भने जस्तै बनाईदिएका छन् ।
नेपाल राष्ट्र बैकले विज्ञप्ति जारी गरी सरकारले सार्वजनिक विदा दिएको भएपनि बैक अत्यावश्यक सेवा भएकाले मुलुकभरका बैक तथा वित्तिय संस्था सञ्चालन ल्याउनका लागि निर्देशन दिएको छ । यो विज्ञप्तिले माओवादी नेतृत्वलाई सार्वजनिक विदा दिने निर्णयको चुनौती जस्तै भएको छ ।

नेपाल राष्ट्र बैंकले विज्ञप्ति मार्फत मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।