बालाजुको आन्दोलन एम्बुलेन्स पनि पर्यो एम्वुसमा

काठमाडौ । काठमाडौंको नयाँ वसपार्क सञ्चालन गर्ने ठेक्का पाएको ल्होत्से बहुउदेश्यिय प्रालिका महाप्रवन्धक सुनिल कुँवरले शान्ति पूर्वक ढंगले आन्दोलनमा उत्रिएका यातायात मजदुर माथि आक्रमण गरेको भन्दै यातायात मजदुरहरुले त्यसको प्रतिकार गर्दा दिनभर नै बालाजु क्षेत्र तनाव ग्रस्त बन्यो । मजदुरको आन्दोलनलाई सम्हाल्न नसक्ने अवस्था आएपछि प्रहरीले अश्रुग्याँस नै प्रयोग गर्नु परेको थियो भने केही प्रहरी घाइते बनेका थिए ।

स्थितिलाई सहज गर्न प्रहरी परिचालन गरिएको भएपनि स्थिति तनाव युक्त हुँदै जाँदा प्रहरीको संख्या थपियो । आन्दोलनकारीहरु अझ प्रतिकार गर्ने पक्षमा देखिए । दोहोरो भिडन्तको अवस्थामा तनाव ग्रस्त रहेको बालाजु क्षेत्रमा एम्बुलेन्स समेत तोडफोडमा परेको थियो ।

आन्दोलनको एम्वुसमा दुईवटा एम्वुलेन्स तोडफोड भएको थियो । रसुवाबाट विरामी वोकेर आएको एम्वुलेन्सका सवारी चालकलाई समेत हात पात गरेका छन् । एम्वुलेन्स चालकलाई हातपात गरेको र ढुङ्गा प्रहार गरेको भन्दै संयुक्त एम्वुलेन्स चालक संघले विरोध गरेको छ ।

संघका अध्यक्ष गणेश सापकोटाले क्षतिग्रस्त एम्वुलेन्सको मर्मत र घाईते चालकको उपचार नभए । सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा एम्वुलेन्सको साँचो बुझाई आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।