व्यापारीहरुको सामाजिक संस्था उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख

काठमाडौं । कहि नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान नेपालको व्यवसायीहरुको संस्थामा लागू भएको देख्न सकिन्छ । व्यापारीहरुको पेशागत सामाजिक संस्थाका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका निर्वाचन हुँदैन । अघिल्लो निर्वाचनमा निर्वाचित भएको वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने गरी विधान संशोधन गरिएको छ । सोही बमोजिम आगामी चैत्र २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा अध्यक्ष बाहेकको पदमा निर्वाचन हुने छ ।

महत्वपूर्ण कुरा के हो भने उद्योग बाण्ज्यि महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार हुन चाहने व्यापारीले मनोनयन शुल्क ५ लाख तोकिएको छ । उपाध्यक्षको मनोनयनका लागि नै ५ लाख शुल्क तिर्नु हुन्छ भन्ने निर्वाचित हुँदासम्म निर्वाचनका समयमा कति खर्च होला सहजै अनुमान लगाउन सकिन्छ ।

व्यापारीहरुको सामाजिक संस्थामा बसेर अनेकौ खेल खेल्ने भएकै कारण पनि मनोनयनका लागि चर्को मूल्य हुनु स्वाभाविक नै हो । यद्यपी त्यो सस्थामा निर्वाचत भएर जाने व्यक्तिले सामाजिक कार्य भन्दा पनि आगामी कार्यकार्यलमा स्वत अध्यक्ष बन्न पाउने भएकाले सो पदमा बसेर साँवा व्याज समेत असूल्ने धन्दा लाग्ने अभियान नै हो ।

नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष स्वत हालका वरिष्ठ उपाध्यक्ष हुने भएकाले पनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्याकारणी समितिका सदस्या पदहरुमा निर्वाचन हुनेछ । जसअनुसार वरिष्ठ उपाध्यक्षको लागि मनोनयन शुल्क ५ लाख, उपाध्यक्षका लागि ३ लाख र कार्यकारिणी सदस्यका लागि ७५ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।