महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत घुस सहित नियन्त्रणमा


काठमाडौं, पुस । लेखा परीक्षकहरुलाई कमिशन दिनु पर्ने भएकाले भ्रष्टाचार बढेको आरोप लागिरहेका बेला ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई ३० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।
पक्राउ परेका नगरपालिकाका दुवै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।
प्रवक्ता कोइरालाका अनुसार घिमिरे र केसीले विज्ञापन प्रकाशन गरे बापतको भुक्तानी रकममा घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगबाट खटिए गएको टोलीले दुवै जनालाई घुस लिईसकेको अवस्थामा पक्राउ गरिएको हो ।