२ हजार घूस रकमसहित नायब सुब्बापक्राउ

काठमाडौँ पुस  । राजधानीको साँखुस्थित मालपोत कार्यालयका नायब सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घूस लेनदेन गरिरहेका दुवैलाई मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

कुइँकेलले जग्गाको दृष्टि बन्धकको लिखत पास गरिदिएबापत सापकोटासित २ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ ।