कोरोनाको महामारीबाट विश्वभर १ लाख २६ व्यक्ति मरे

काठमाडौं, ३ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या १९ लाख ९८ हजार १०९ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यो सहित संक्रमित हुनेको संख्या २० लाखनजिक पुगेको छ ।

संक्रमितमध्ये ४ लाख ७८ हजार ६५८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले १३ लाख ९२ हजार ५६६ जनामा भने कोरोना सक्रिय रहेको छ । तीमध्ये ५१ हजार ६०० जनाको अवस्था भने गम्भीर रहेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख २६ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख १३ हजार बढी रहेको छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ हजार ८२० जना भने पूर्णरूपमा निको भएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । कोरोनाका कारण अहिलेसम्म अमेरिकामा २६ हजार बढीको मृत्यु भइसकेको छ । त्यहाँ मंगलबार मात्रै २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

अमेरिकामा अहिले ५ लाख ५० हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये १३ हजार ४७३ जनाको अवस्था भने गम्भीर रहेको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६७ हजार ५०४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले स्पेनमा ८८ हजार ३०१ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजारको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा अहिलेसम्म १८ हजार ५२२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ भित्र मात्रै स्पेनमा कोरोनाका कारण ५ सय जनाको मृत्यु भएको छ ।

इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । कोरोनाका कारण मृत्यु हुनेमा स्पेनमा भन्दा पनि इटालीमा बढी छ । बुधबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ६०२ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म १ लाख ६२ हजार ४८८ कोरोना संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ ३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३७ हजार १३० जना भने पूर्णरूपमा निको भइरसकेका छन् । अहिले इटालीमा १ लाख ४ बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ६८७ जनाको अवस्था भने गम्भीर रहेको छ ।

फ्रान्सलाई पनि कोरोनाले भयावह बनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाका कारण १५ हजार ७२९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २१० पुगेको छ । मंगलबार मात्रै त्यहाँ ६ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २८ हजार ८०५ जना भने पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९८ हजार ७६९ जनामा कोरोना सक्रिय रहेको छ । ६ हजार ७३० जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना बढी संक्रमण हुने अर्को देश हो जर्मनीमा । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ ।

अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । तीमध्ये ६८ हजार २ सय जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६० हजार ५१५ जनामा कोरोना सक्रिय रहेको छ । ४ हजार २०० जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना बढी संक्रमण हुने अर्को देश हो फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख १३ हजार पुगेको छ । तीमध्ये २१ हजार २५४ जना भने पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ८० हजार ८२७ जनामा कोरोना सक्रिय रहेको छ । ७ हजार १४८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

चीनमा भने अहिले १ हजार १३७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । चीनमा कुल ८२ हजार २९५ जना संक्रमित भएपनि करिब ७८ भने पूर्णरूपमा निको भइसकेका छन् ।