महानगरको वडा ११ मा दोस्रो चरणको राहत वितरण

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका वडा नं. ११ ले लकडाउनका समयमा विपनन परिवारका लागि खाद्य समस्या नपरोस् भन्नका लागि दोश्रो चरणको राहत वितरण गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिना बितिसकेको छ । लकडाउन अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, असहाय तथा अति विपन्न वर्गका मानिसहरुलाई खाद्यान्नको अभाव हुन थालेपछि सरकारले स्थानीय तह मार्फत राहत सामाग्री वितरण गर्दै आएको छ ।
काठमाडौं महानगरनगरपालिकाले ३२ वटै वडाहरु मार्फत् आन्तरीक तथा बाह्य स्रोतबाट दैनिक उपभोग्य सामाग्री समेटि कम्बो प्याकेज बनाई राहत सामाग्री वितरण गरिरहेको छ । महानगरपालिकाले पहिलो चरणमा ८ हजार ९ सय १३ जनालाई राहत साम्रगी वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत सामाग्री वितरण कार्य पनि सुरु गरिसकेको छ ।
यसै क्रमममा काठमाडौं महानगरपालिकाको वडा नं ११ ले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सामाजिक दुरी कायम गरी दोस्रो चरणको राहत सामाग्री वितरण गरेको छ । शनिबार र आईतबार दोस्रो चरणको राहत वितरण गर्ने वडाले जनाएको छ । पहिलो चरणमा वडा ११ ले आन्तरिक स्रोत बाट करीब ८ सय जनालाई राहत उपलब्ध गराएको थियो भने दोस्रो चरणमा करिब ११ सय
लकडाउनका कारण धेरै क्षेत्रहरु बन्द भएकाले अधिकासं मानिसहरुले रोजगारी गुमाएका छन् । अझ दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु, असहाय र अति विपन्न वर्गका मानिसहरु मारमा परेका छन् । महानगरपालिकाले उपलब्ध गराएको राहत सामाग्री गुणस्तरयुक्त भएको र राहत सामाग्रीले आफुलाई धेरै सहज भएको सर्वसाधारणको भनाई रहेको छ ।
पहिलो चरणमा महानगरपालिकाको वडा ११ ले आन्तरिक तथा बाह्य स्रोतबाट १५ सय ९ जनालाई राहत सामाग्री उपलब्ध गराईसकेको छ भने पहिलो चरणमा करिब १२ लाख रुपैंयाको राहत सामाग्री वितरण गरेको वडाले जनाएको छ ।

राहत वितरण कार्यमा नेपाल प्रहरी , नेपाली सेना तथा नगर प्रहरीले सामाजीक दुरी कायम गर्न र राहत मद्धत गरेका थिए भने राहत लिन आएका व्यक्तिहरुलाई स्यानिटाईजरको प्रयोग गर्न लगाइ
महानगरपालिकाले असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई खाद्यन्नको अभाव हुन नदिन कोभिड १९ सम्बन्धि राहत वितरण मापदण्ड २०७६ लागु गरी वडाहरु मार्फत राहत वितरण गरीरहेको छ । वडाहरुले एकल व्यक्ति, दुई देखि चार जना सम्म परिवार संख्या भएका तथा पाँच वा सो भन्दा माथि परिवार संख्या भएकालाई अलग अलग परिमाणमा राहत रामाग्री वितरण गरिगरेको छ ।