सरकारको निर्देशनमा पूर्वराजाको सवारी पास रद्द, रोकिए झापामा ?

काठमाडौं । वर्तमान दुई तिहाईको नेकपाको सरकारले सत्ताको दुरुपयोग गर्दै पूर्व राष्ट्रप्रमुख पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाडौं आउन रोकेको छ । चैतको पहिलो साता झापा पुगेका पूर्व राजा शाह लकडाउनका कारण उतै अड्किएका छन् । लकडाउनको समय लम्विँदै गएपछि उनी काठमाडौं आउन पाएका छैनन् । काठमाडौं आउनका लागि उनको सचिवालयले जिल्ला प्रशासन कार्यालय मार्फत पास लिएको भएपनि उनको पास रद्द गरिदिएको छ । जसका कारण उनी काठमाडौं आउन नपाउने भएका हुन् ।

शुक्रबार काठमाडौं आउनका लागि पास लिएर सवै तयारी गरिरहेका पूर्व राजाको सवारी पास रद्द गरियो । जसले उनलाई झापामा नै बस्नु पर्ने वाध्यता बनाईदिएको छ । लकडाउनको अवस्थामा झापामा रहेका पूर्व राजा शाहले काठमाडौं आउन खोजिरहेका बेला पूर्व राष्ट्र प्रमुखका हैसियतले सुरक्षाका साथ सरकारले सहजीकरण गर्नु पर्ने थियो तर त्यसो गरेन बरु लकडाउनको बहानामा उतै लडकाउने काम गरेको छ । विश्व यतिखेर कोरोना संक्रमणका कारण त्रासमा छ ।

नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमण निकै नै बढ्न थालेपछि नेपाल सरकारले लकडाउन जारी राखेको छ । लकडाउन भनेको घरभित्रै बस्नु भनेको हो । तर अत्यावश्यक कामका लागि सरकारले तोकेको नियमानुसार पास लिएर आफ्नो गन्तव्यमा पुग्नको लागि सहजीकरण गर्ने काम जिल्ला प्रशासनले गर्ने हो । यद्यपी पछिल्लो समयमा उपत्यका बाहिरबाट काठमाडौं आउनेहरुमा संक्रमण देखा परेपछि जेठ १ गतेदेखि लागू हुने गरी सरकारले पासमा समेत कडाई गरेको छ ।

तर पासमा कडाई कसलाई गरेको छ भन्ने प्रश्न चिन्ह पनि उब्जिएको छ । सरकारमा बस्नेहरुको आसेपासेहरुसँग प्रशस्त पास छन् र तीनका सवारी सहज रुपमा आवत जावत गरिरहेको दृश्य थानकोट पुगेर हेर्ने हो भने स्पष्ट हुन्छ । थानकोटमा नुवाकोटका नेकपाा प्रदेश सांसदको दादागिरी अहिल सामाजिक सञ्जालमा भाईरल नै भएको छ । तर अहिले चर्चाको विषय बनेको छ लकडाउनका कारण झापामा अड्किएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहको पास रद्दको विषय ।

समाचार तयार पार्दासम्मको अवस्थामा पूर्व राजालाई सवारी पास उपलब्ध गराउने कुनै पनि सोच देखिएको छैन । यसले सरकारका उच्च अधिकारीहरु कतिसम्मको अन्याय गरिरहेका छन् भन्ने कुरा स्पष्ट । देखिएको छ । आज शुक्रबार नै संसदको हिउँदे अधिवशेन शुरु हुँदै छ त्यसका लागि जिल्ला जिल्लामा रहेको सांसदहरु विहानदेखि थानकोट नाका, फर्पिङ, धुलिखेल नाका हुँदै काठमाडौं भित्रिरहेका छन् सवैलाई सुरक्षा निकायले सहजीकरण पनि गरिरहेको छ । उनीहरुले पास पाईरहेका छन तर पूर्वराजाले पास नपाउनु पर्ने कारण के हो त ?

पूर्व राजालाई नागरिकको हैसियत बनाउने सत्ताका कुठपुतलीहरु पूर्व राजा मात्र होइन पूर्व राष्ट्र प्रमुखका हैसियतले सहजीकरण गर्नु पर्ने थियो कि थिएन । पास रोक्नु भनेको सत्ताको धङ्धङती र जनताबाट त्रसित भएका सत्ता सञ्चालकहरु अझै पनि पूर्व राजा ज्ञानेन्द्र शाहबाट त्रसित छन् भन्ने कुराको पुष्टि पास रद्दले देखाएको छ ।