पिपिई र खाद्य सामग्री वितरण गर्दै महिला समाजसेवी भण्डारी

काठमाडौ । जव देशमा संक्रमण अवस्था आउने गर्दछ । त्यसबेला जसरी हुन्छ कमाउने र लुट्नेहरु सक्रिय हुने गर्दछन् भन्ने कुरा भूकम्पदेखि अहिले कोरोनासम्म आईपुग्दा पुष्टि भएको छ ।

तर यो संकटको अवस्थामा जनतालाई सहयोग गर्ने र जीवन सुरक्षित गराउने व्यक्तिहरु पनि छन् त्यसमाथि पनि महिला, भन्दा कतिपयलाई अचम्म पनि लाग्छ । तर अचम्म मान्नु पर्ने अवस्था होइन । लामो समयदेखि समाजसेवा अग्रसर महिला भद्रा भण्डारी यतिखेर जनताको सेवामा क्रियाशील भएर जुटिरहेकी छिन् ।

कोरोनाको संक्रमणले मुलुकभर नै आतंक मच्चाईरहेका बेला उनी भने जोखिमका साथ भोकै परेका व्यक्तिहरुलाई खाना खुवाउने र खाद्यान्न बाँढ्ने काममा सक्रिय देखिएकी छिन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी समाजसेवी भद्रा भण्डारीले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी विहान बेलुका मेस चलाएर खाना खुवाउने काम मात्र गरेकी छैनन् मास्क, पञ्जा पनि वितरण गर्दै आईरहेकी छिन् । पिपिई तथा वितरण गर्दै आईरहेकी छिन् ।

मानिसदेखि मानिस डराएर भाग्नु पर्ने अहिलेको संक्रमणकालिन अवस्थामा भण्डारी भने जोखिमलाई समेत चुनौति दिँदै आफै राहत वितरणमा सक्रिय देखिन्छिन् । भण्डारीले दैनिक ज्यालादारी गरेर खाईरहेका नेपाली नागरिकहरुलाई खाद्यान्न सहयोग गर्ने काम सँगै संक्रमणकालिन अवस्थामा अग्रपंक्तिमा काम गरिरहेका सञ्चारकर्मी, स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पिपिई समेत वितरण गर्दै आईरहेकी छिन् ।

महिला भएर पनि यस्तो संवेदनशील घडीमा नागरिकको सेवामा लागिरहेका भण्डारीबाट धेरै महिला नेतृहरुले ज्ञान लिनु आवश्यक छ । सहज रुपमा समाजसेवाको ढोङ्ग रच्ने अधिकारकर्मी गोप्यबास रहिरहँदा भण्डारी भने अहोरात्र कोरोना संक्रमण न्यूनिकरण गर्ने र पीडितहरुलाई राहत वितरण गर्ने काममा सक्रिय रहेकी छिन् ।

भद्रा भण्डारीको यो साहसिक कदमका लागि र अभियानका लागि युवा व्यवसायी कुमार भण्डारीले सहयोग गरिरहेका छन् ।

पुर्याइ रहेका छन।