लगातार आरालो लाग्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ३ सयले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको छ ।

त्यस्तै अघिल्लो दिन बिहिवार प्रतितोला १ लाख १० हजार ७५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ हजार ३७५ रूपैयाँ कायम भएको छ ।