अरिङ्गालको टोकाइबाट १ जनाको मृत्यु

काठमाडौं । अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जना युवाको मृत्यू भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए।

घाइते ठकुरीको तम्घास अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले जानकारी दिए।